बिर्तामोड / विपक्षी गठबन्धनमा रहेका दलहरूले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेका छन् ।

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी , जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मन्च सम्मीलित गठबन्धनको बिहीवार सम्पन्न बैठकले मुख्यमन्त्री आचार्यको नियुक्ति असंवैधानिक भएको भन्दै बदर गर्न माग गरेको हो । 

OM Sai Pathibhara Hospital

विपक्षी गठबन्धनले एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी दललाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको अवस्थामा बहुमत छ भन्दै हतार हतार मुख्यमन्त्री नियुक्त गरिएको भन्दै मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरेको एक नेताले बताए । 

प्रदेशका सांसद रहेका नेताहरूले समेत आयोगमा गएर हस्ताक्षर गरिसकेपछि मुख्यमन्त्री नियुक्ति गर्नु गलत भएको गठबन्धनको ठहर रहेको छ ।