एजेन्सी / भारत प्रशासित कश्मीरका चर्चित नेता सैयद अली शाह गिलानीको ९१ वर्षको उमेरमा गएराति निधन भएको छ ।

पृथक्तावादी नेता गिलानी अल पार्टी हुर्रियत कन्फरेन्सका अध्यक्ष थिए । गिलानीको निधनसँगै कश्मीरमा प्रदर्शन बढ्न सक्ने भन्दै सरकारले केही प्रतिबन्धहरू थपेको छ ।

OM Sai Pathibhara Hospital

अहिले कश्मीरमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ । गिलानी हुर्रियत कन्फरेन्सका उदारवादी नेता मानिन्थे । उनी कश्मीरको सोपोर विधानसभामा तीनपटक विधायकको भूमिकामा निर्वाचित भएका थिए ।

उनी कश्मीरलाई भारतको भाग मान्दैनथे र यसलाई अलग गर्नुपर्ने मागमा अडिग रहँदै आएका थिए । उनले १९९० को दशकमा हिंसात्मक आन्दोलनमा रहेको धडोसँग मिलेर अल पार्टी हुर्रियत कन्फरेन्स गठन गरेका थिए ।

भारत सरकारले उनीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथक्‌तावादी आन्दोलन भड्काएको आरोप लगाउँदै देशद्रोहको मुद्दा चलाएको थियो । पछिल्लो समय उनी घरमै नजरबन्दमा थिए ।