विराटनगर//पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ बस्ने २६ वर्षीय श्रवणकुमार यादव र विक्की राय रहेका छन्।

OM Sai Pathibhara Hospital

सोमबार विराटनगर–४ स्थित नेपाल आयल निगमको पार्किङस्थलमा रोकिएको ट्याङ्कर चोरेर लैजादै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङ बुढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकर सहित उनीहरुलाई पक्राउ गरेको हो। 

नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरी भागेको उनीहरुमाथि आरोप छ। 

यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।