बिर्तामोड(एजेन्सी) पाकिस्तानका विदेश मन्त्री साहमोहमद कुरेसीले अफगानिस्तानका नागरिकलाई सहयोग गर्न आग्रह गरेका छन् ।

कुरेसीले पाकिस्तानको अहिलेको अवस्थालाई मध्यनजर गरेर नागरिकका लागि आवश्यक सहयोग गर्न विश्व समुदाय समक्ष आग्रह गरेका गरेका हुन् । 

OM Sai Pathibhara Hospital

कुरेसीले अफगान नागरिकले आफ्नो देशमा बसेर न्यूनतम आवश्यकता पाउन सक्ने वातावरण बनाउनुपर्ने जनाएका छन् । उनले यसका लागि विश्व समुदायले आवश्यक सहयोग गर्नुपर्ने समेत बताएका छन् । 

विदेशमन्त्री कुरेसीले  जर्मन समकक्षी केइको मासले पाकिस्तानले विगत लामो समयदेखि अफगान शरणार्थीलाई आश्रय दिइरहेको बताए ।

उनले भने, –“हामीले पहिलादेखि नै अफगानिस्तानका दशौँ लाख शरणार्थीलाई शरण दिइरहेका छौँ र यसका लागि हामीले कसैबाट आवश्यक मात्रामा आर्थिक सहयोग पनि प्राप्त गर्न सकिरहेका छैनौँ ।” 

यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र इतिहासमा नै यो देश अहिले नयाँ मोडमा उभिएकोले आगामी दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पनि उनले बताए ।