बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) गठनमा साथ दिएका प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडको बताएका छन् ।  

अध्यक्ष नेपालले झेली गरेको भन्दै नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पर्टी छाडेको फेसबुक मार्फत बताएका हुन् । 

OM Sai Pathibhara Hospital

पार्टीको मार्गदर्शक सिद्धान्तमा बहुदलीय जनवाद उल्लेख हुनुपर्ने आफ्नो अडान रहेको र बहुदलीय जनवाद नभएकाले आफू पार्टीमा नरहेको नेता नेपालले बताएका छन् । नेपालले आफू केपी ओलीसँग नजाने पनि स्पष्ट पारेका छन् ।

उनले फेसबुकमा लेखेका छन् – ‘म केपीसँग जान्नँ, किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ, तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

नेपालले भनेका छन्, –‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ। तर, आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो। बिदा !’