बिर्तामोड / विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य महेश पाठकले अध्यक्ष रविन्द्र मिश्रले पार्टी भित्र दादागिरी गरेको आरोप लगाएका छन् । 

अध्यक्ष मिश्रले पार्टी एकीकरण सम्झौता विपरीत संयोजकसँग परामर्श नगरी एकल रुपमा केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै पाठकले आरोप लगाएका हुन् । पाठकले मिश्रको दादागिरी धेरै दिन नटिक्ने समेत बताएका छन् ।  

OM Sai Pathibhara Hospital

उनले भने –“मिश्रजीले बैठक आह्वान गर्दा प्रयोग गर्नुभएको भाषाले माघ १९ मा ज्ञानेन्द्र शाहले बोलेको कुराकै झल्को दिएको छ । ज्ञानेन्द्र शाहको ‘कू’ त टिकेन। मिश्रजीको ‘कू’ पनि टिक्ने छैन।” 

उनले मिश्रको पार्टी एकताघाती कदमको घोर भत्सर्ना गर्दै विरोध प्रदर्शनीमा उत्रन सबै कार्याकर्तालाई आह्वान समेत गरेका छन् ।