बिर्तामोड  / नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल)मा नेतृत्वको विषयलाई लिएर विवाद भएको छ । वाईसीएलको दुई नेताबीच प्रतिष्पर्धा देखिएपछि नेतृत्वको विषयलाई लिएर विवाद भएको हो । 

महासचिव सुबोध श्रीपाली र उपाध्यक्ष सुमन देवकोटाबीच वाइसीएलमा कसले नेतृत्व गर्ने भनी प्रतिष्पर्धा भइरहेको छ । स्रोतका अनुसार अध्यक्षमा प्रत्यासी देवकोटामा ल्याउन उच्च नेतृत्वको दवाव छ । तर कार्यकर्ता तहमा भने महासचिव रहेका सुबोध श्रीपालीलाई अध्यक्ष बनाउनुपर्ने माग चर्को उठेको छ ।

OM Sai Pathibhara Hospital

उनी महासचिव रहँदा कार्यकर्तामा भिजेको र यसअघि महासचिवबाटै राम प्रसाद सापकोटा दीपशिखा अध्यक्ष बनेका कारण फेरी महासचिवबाटै नेतृत्वमा ल्याउनुपर्ने माग कार्यकर्ताको छ । वाइसिएलको उमेर हदका कारण यसअघि बादल समुहबाट माओवादीमा फर्किएका सुदीप तामाङ ‘विरु’ भने संगठनबाट बाहिरिने भएका थिए ।

विवाद चर्को भएपछि नेताहरूले हिजो आइतबार प्रचण्ड निवास खुमलटारमा गएर समेत छलफल गरेका थिए । तर, छलफलमा कुनै निष्कर्ष निस्किएको छैन । विशेषगरि संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले आफ्नै गृहजिल्लाका सुबोध श्रीपाली नेतृत्वमा देख्न नचाहेको आरोप छ ।