काठमाडौं//नेकपा एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने सभामुखले निर्णय गरेका छन्।
निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले कारबाही नगर्ने सभामुख अग्निप्रसाद सापकोटाले निर्णय गरेका हुन्।
पार्टीको ह्विप नमानेको भन्दै यही भदौ १ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गर्नुभएको थियो ।
तर यसअघि नै सर्वोच्च अदालतले पार्टीको ह्विप नमानेकै कारण सांसदहरूलाई कारबाही गर्न नमिल्ने फैसला गरिसकेको छ ।
१४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरूलाई कारबाही गर्न नपर्ने सभामुखले बताउनुभएको सचिवालयले जनाएको छ ।