बिर्तामोड / नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताएका छन् ।
आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा आफ्नो दलका सांसदहरूलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताएका हुन् ।
नेपालले अहिले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको समेत बताएका छन् । उनले अन्य पार्टीसँग एकता गरेर जाने कुराहरू वाहियात रहेको बताए ।
उनले भने– ‘हाम्रो यस अगाडि देखि नै जिल्ला जिल्लामा संगठन रहेको छ । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुत बनाउनुपर्नेछ ।’ उनले पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउन सांसदहरूलाई निर्देशन समेत दिए ।
नेपालले नेकपा कालमा ओलीले जालझेल षड्यन्त्र गरेको स्मरण गर्दै पार्टीमा आफू कमजोर भएपछि सचिवालयका ३ नेतालाई एकैदिन सबैलाई पालैपालो आफू पछिको प्रधानमन्त्री बनाउने भनेर आश्वासन दिएर भ्रममा राख्न खोजेको उल्लेख गरे ।