काठमाडौँ / नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको बैठक बिहान ११ बजे बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो । 

बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने नेकपा एसका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ । 

OM Sai Pathibhara Hospital

सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । छिट्टै सरकारमा जाने पार्टीको योजना रहेको केन्द्रीय सदस्य आलेले बताए ।