बिर्तामोड / कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरको छ । यस अघि ३८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेकोमा शुक्रबार थप दश जिल्लाको सूची सार्वजनिक गरेको हो ।
कांग्रेसको १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको हो ।
निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेका जिल्लाहरूमा धनकुटा, भोजपुर, गुल्मी, प्युठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख र अछाम रहेका छन् ।
कांग्रेसले क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइट नेपाली कांग्रेस डट ओराजीमा सार्वजनिक गरेको हो ।
कांग्रेसले अहिलेसम्म प्रदेश १ का १२ ओटा जिल्लाको सदस्यता सूची वेबसाइटमा प्रकाशित गरेको छ । त्यस्तै प्रदेश दुईका चार जिल्ला, गण्डकी प्रदेशका दश जिल्ला, लुम्बिनीका सात जिल्ला, कर्णालीका आठ जिल्ला र सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाहरूको सूची सार्वजनिक गरेको छ ।
अहिले सम्म प्रदेश २ का कुनै पनि जिल्लाको सदस्यता सूची सार्वजनिक भएको छैन ।
नेपाली कांग्रेस डट ओआरजी (https://nepalicongress.org/) लगइन गरेर क्रियाशील सदस्यता शीर्षकमा गएर प्रदेश, जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँपालिकारनगरपालिका, वडा नम्बर छनोट गर्दै नयाँ वा नवीकरण गरेको शीर्षकमा क्लिक गरेपछि सदस्यताको विवरण हेर्न सकिन्छ ।