नवलपरासी / पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –४ चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।

चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

गएरातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले पुलामी घर पुरिएको छ । पहिरोमा परेर घाइते हस्तबहादुरलाई उपचारका लागि सदरमुकाम कावासोती पठाइएको छ भने बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।