बिर्तामोड(एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा १३ जना अमेरिकी सैनिक रहेका अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ । बिहीबार आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए ।

OM Sai Pathibhara Hospital

काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका थिए ।

कमान्डका अनुसार बम विस्फोटमा परी १८ जना अमेरिकी सैनिक घाइते भएका छन् । विस्फोटमा परी घाइते हुनको कुल संख्या १ सय ५० भन्दा धेरै रहेको अफगानी स्वस्थ मन्त्रालयले जनाएको छ । 

३१ अगस्टको समयसीमा सकिन लागेका बेला अमेरिका र अन्य देशहरूले आफ्ना नागरिकलाई अफगानिस्तानबाट निकाल्ने कार्य तिव्र गरिरहेका थिए, यही क्रममा बिहीबार विमानस्थलमा बिस्फोट भएको हो । 

यसअघि बिहीबार मात्र अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका थिए ।

यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजानु भन्दै बुधबारदेखि नै सूचना जारी गरेका थिए ।

अमेरिका र बेलायतले विमानस्थलमा पुगेको भए पनि त्यहाँबाट फर्किन भन्दै आफ्ना नागरिकहरुका नाममा  सूचना जारी गरेका छन् ।