महोत्तरी//महोत्तरीबाट लागूऔषधसहित २ युवक  पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकी छन्।

OM Sai Pathibhara Hospital

औरही नगरपालिका–४ कठुधारस्थित सम्सीबाट गौशालातर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह १५२४ नम्बरको अटो गाडीलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद भएको प्रहरीले बताएको छ। 

महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थान नाईट्राभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी गराएका छन्।