काठमाडौं//युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३३ वर्षीय पोशबहादुर सुनुवार रहेका छन्।

OM Sai Pathibhara Hospital

वर्किङ भिसामा युरोपेली मुलुक लिथुनिया पठाइदिन्छु भन्दै ६ जना व्यक्तिबाट एक–एक लाखका दरले ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।

सोहि आधारमा कोटेश्वर महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

पक्राउ परेका सुनुवारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले बताएको छ ।