सुर्खेत//आफूलाई पत्रकार बताउँदै ठगी गरेको आरोपमा दुई जना  पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विक रहेका छन्।

OM Sai Pathibhara Hospital

आफ्नो कम्पनीमा शेयर खुलेको भनेर केही व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी गराएका छन्।

दुवै जनाले अनलाइन न्युज पोर्टल ‘सुर्खेत न्युज २४ डटकम’को पत्रकार भनेर परिचय दिएका छन् ।

शाही उक्त अनलाइनको प्रकाशक र विक उपाध्यक्ष रहेको प्रहरीले जनाएको छ ।