काठमाडौं//काठमाडौंबाट स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

बाराको सिमरा उपमहानगरपालिका-२ घर भई हाल काठमाडौंको चण्डोल बस्ने ३२ वर्षीय लक्ष्मण  पौडेल, काठमाडौं-२४ बस्ने रिन्कु भनिने अभिशेष अग्रवाल र मधुसुधन खडकालाई  पक्राउ गरेको हो।

OM Sai Pathibhara Hospital

काठमाडौं-२२ खिचापोखरीमा शंकास्पद अवस्थामा पौडेलले बोकेको झोला खानतलासी गर्दा ३१ लाख रुपैयाँ बरामद प्रहरीले बताएको छ। 

पौडेलले आफ्नो साथमा रहेको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले दिएको सूचनाको आधारमा प्रहरीले लगत्तै अग्रवाललाई पनि नियन्त्रणमा  लिएको थियो ।

होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक समेत रहेका अग्रवालको साथबाट पनि स्रोत नखुलेको ५४ लाख ७६ हजार रुपैयाँ समेत बरामद भएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी गराएका छन्।

स्रोत नखुलेकाले उनको कामदार खड्कालाई समेत पक्राउ गरेर अनुसन्धान अघि बढाएको उपरीक्षक   बस्नेतले बताएका छन्।