काठमाडौं//अफगानिस्तानबाट उद्धार गरिएका थप ११२ जना नेपाली मंगलबार नेपाल फर्किएका छन् ।

जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिक नेपाल फर्किएको  परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ।

OM Sai Pathibhara Hospital

यो सँगै हालसम्म अफगानिस्तानबाट ७७० जना नेपाली नागरिक स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले बताएको छ।

उद्धार गरिएका नेपाली नागरिकलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र भारतको नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जानकारी गराएको छ।