बिर्तामोड(एजेन्सी) अफगानिस्तानको काबुल विमानस्थल अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त बनेको छ ।

अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल अस्तव्यस्त बनेको हो । 

OM Sai Pathibhara Hospital

गएको हप्तादेखि काबुलको अन्तराष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबीच चलिरहेको बताइएको छ ।गत आइतबार विमानस्थल क्षेत्रमा भागदौडका कारण सात जना अफगान नागरिकको मृत्यु भएको थियो । 

अगस्ट १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र अफगानिस्तानको सहयोगी राष्ट्रले करिब एक हप्तादेखि सञ्चालनमा ल्याएको उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसको ठूलो सङ्ख्याको सामना गर्न सङ्घर्ष गरिरहेका छन् ।    

काबुल विमानस्थल र वरपरको अवस्था चुनौतीपूर्ण रहेको भए पनि मानिसले सुरक्षित व्यवस्थापनको माग गरिरहेका छन् । प्रशासनले सक्दो प्रयास गरिरहेको बताए पनि एकै पटक धेरै मानिसले देश छोड्न खोज्दा सम्भव नहुने भएकाले विमानस्थल अस्तव्यस्त बनेको हो ।