काठमाडौं / पार्टी विभाजन हुँदा तेस्रो धारमा उभिएका एमाले नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरू बालकोट पुगेका हुन्। 

OM Sai Pathibhara Hospital

अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत नेताहरू ओली निवास बालकोट पुगेका हुन् ।

उनीहरूबीच वार्ता जारी रहेको छ । उनीहरूले पार्टी विभाजनमा नेता माधव कुमार नेपाललाई साथ दिएनन् । पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ ।