बिर्तामोड(एजेन्सी) अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएसँगै बैंकिङ सेवा ठप्प भएको छ । 

गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि गरेसँगै बैंकिङ सेवा ठप्प भएको छ।

OM Sai Pathibhara Hospital

खामा प्रेसका अनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् ।

बैंकहरू बन्द गर्दा मानिसले आफ्नो बैंक खातामा पैसा भएपनि रकम झिक्न बैंकिङ पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।

निजी बैंकले अनिश्चितकालका लागि बन्द रहने घोषणा गरेका बेला सरकारी बैंक खुल्नेबारे कुनै औपचारिक घोषणा भएको छैन ।

गत हप्ता तालिबानले काबुल कब्जा गरेपछि मानिस राष्ट्र छोड्न दौडधुपमा रहेकाले अफगानिस्तानको अवस्था घट्दै गएको छ ।

अगष्ट १५ मा राष्ट्रपति अररफ गनीले झडप र सुरक्षाको कारण देखाउँदै विदेश पलायन भएपछि अफगानिस्तानमा अहिले सरकारबिहीन अवस्था रहेको छ ।