काठमाडौं//अफगानिस्तानमा तालिबानले कब्जा गर्न नसकेको एक मात्र प्रान्त पंजशीरका विद्रोहीहरुले १५ जना तालिबानी मारिदिएका छन्।

  १० जना तालिबानीलाई नियन्त्रणमा लिएका छन् ।

OM Sai Pathibhara Hospital

करिब ५० किलोमिटर टाढाको बगलान प्रान्तको पुल ए हिसार र देह ए सलाह जिल्लाबाट तालिबानी झण्डा समेत उखेलिएको पंजशीरको स्थानीय सूत्रले बताएका छन् ।

पंजशीरका लडाकुहरुले अफगानिस्तानको राष्ट्रिय झण्डा फहराएको बताइएको छ। बानु जिल्लामा पनि तालिबानीलाई भगाइएको र पंजशीरका लडाकुले जिल्ला कब्जा गरेको केही स्रोतले बताएको छ। 

गनी सरकारमा अफगानिस्तानका रक्षा मन्त्री रहेका जनरल बिस्मिल्ला मोहम्मदले पनि पुल ए हिसार, बानु र देह ए सलाहबाट तालिबानीलाई भगाइएको सामाजिक संजालमार्फत लिखित रुपमा सार्वजनिक गरेका छन।