बिर्तामोड / सरकारले हिमालयन बैंक सञ्चालक समितिका अध्यक्ष तुलसी गौतमलाई बर्खास्त गरेको छ । मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले गौतमलाई बर्खास्त गरेको हो । 

२०७६ साल जेठमा कानून विपरित गौतम कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासक बनेका थिए ।  सञ्चय कोषका तर्फबाट गौतम बैंक सञ्चालक समितिको सदस्य हुँदै अध्यक्ष बनेका थिए । 

OM Sai Pathibhara Hospital

सरकारले सञ्चय कोषबाट बर्खास्त गरेसँगै उनको सञ्चालक समिति अध्यक्षको पद समेत खुस्किएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले गौतमलाई सञ्चय कोषको प्रमुख प्रशासक बन्न अयोग्य भएता पनि कानून विपरित नियुक्त गरेका थिए । 

सरकारले परिवर्तन भएपछि अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रशासक गौतमलाई कानून विपरित पदमा बसेको भन्दै राजीनामा गर्न भनेका थिए । तर, उनले राजीनामा दिएका थिएनन् ।