बिर्तामोड(एजेन्सी) रुसको भ्याक्सिन निर्माता कम्पनी ग्यामेलेया सेन्टरले कोरोन भाइरस विरुद्धको अर्को भ्याक्सिन तयार पारको छ ।
यो भन्दा पहिला कोरोना विरुद्धको स्पुतनिक भी नामक भ्याक्सिन बनाइसकेको उक्त कम्पनीले पुनः ‘न्याजले स्प्रे भ्याक्सिन’ तयार पारेको छ ।
उक्त स्प्रेको प्री क्लिनिकल ट्रायल पुरा भइसकेको कम्पनीका निर्देशक एलेक्जेन्डर गिंन्टस्वर्गले जानकारी दिए । गिंन्टस्वर्गका अनुसार न्याजले स्प्रे भ्याक्सिन क्लीनीकल ट्रायलको लागि तयार भइसकेको छ ।




































