बिर्तामोड(एजेन्सी) अफगानिस्तानमा तालिबान विरुद्ध अफगानी नागरिकहरूले देशका विभिन्न शहरमा प्रदर्शन गरेका छन् ।

केही दिनअघि सत्ता कब्जा गरेको विद्रोही समूह तालिबान विरूद्ध अफगानी नागरिकहरूले प्रदर्शन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

बिहीबार राजधानी काबुलसहित विभिन्न ठाउँमा प्रदर्शन भएका थिए। ती प्रदर्शनमा महिलाहरू पनि सहभागी भएका थिए।

प्रदर्शनकारीहरूले कालो, रातो र हरियो रङका ठूला ठूला अफगान झन्डा बोकेका थिए। उनीहरूले हाम्रो झन्डा, हाम्रो पहिचान लगायत नारा पनि लगाएका थिए। 

केही ठाउँमा उनीहरूले तालिबानहरूको सेतो झन्डा निकालेर फालिदिएका थिए। तालिबानहरूले  अफगानिस्तानको राष्ट्रिय झन्डा प्रयोग गरेका छैनन्।

प्रदर्शनहरू बढ्न थालेपछि तालिबानले स्थानीय इमामहरू सबैलाई एक राख्न आह्वान गरेका छन्।