बिर्तामोड / नेपाली बजारमा खाने तेलको मूल्य दश महिनामा दोब्बर वृद्धि भएको छ । २०७७ कात्तिक देखी हाल सम्ममा खाने तेलको मूल्य दोब्बर वृद्धि भएको हो । 

गत कात्तिक महिनामा भटमासको तेल प्रतिलिटर १४० रुपैयाँ र सूर्यमुखी तेल १६० रुपैयाँ प्रतिलिटरमा बिक्री भएको थियो । तर हालसम्म आइपुग्दा तेलको भाउमा अचाक्ली वृद्धि देखियो ।

OM Sai Pathibhara Hospital

असार तेस्रो साता नेपाली बजारमा भटमासको तेलको मूल्य प्रतिलिटर २२० देखि २३५ रुपैयाँ पुगेको नेपाल खुद्रा ब्यापार संघको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै १४० रुपैयाँको सूर्यमुखी तेलको मूल्य लिटरमै तीन सय रुपैयाँ पुग्यो । तोरीको तेलको मूल्य पनि लिटरमा ५० रुपैयाँ भन्दा बढीले बढेर ३३० रुपैयाँ पुगेको थियो ।

उद्योगहरूले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा वृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

अघिल्लो शनिबार यता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले जानकारी दिए ।

साउन २३ अघिसम्म प्रतिलिटर २२५ रुपैयाँ लिटरमा खुद्रामा कारोबार भएको सूर्यमुखी तेलको भाउ मंगलबारबाट २४० रुपैयाँ पुगेको संघले जनाएको छ । यस्तै  तोरीको तेलको भाउ लिटरमा ३५ रुपैयाँसम्मले बढेको खुद्रा व्यवसायीहरूले बताएका छन् ।