काठमाडौं//मुख्यमन्त्री डोरमणि पौडेलले  दिएको राजीनामा बुधबार स्वीकृत गर्दै  वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त  भएकी छन्।

मुख्यमन्त्रीमा शाक्यलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले  नियुक्त गरेका हुन्। बुधबार विहान नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन  भएकी थिइन् ।

OM Sai Pathibhara Hospital

आजै सानो मन्त्रिमण्डल पनि बनाइने सांसद अरुण नेपालले जानकारी गराएका छन्।

नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गरेपछि नेता नेपाल समूहमै रहेकी शाक्यलाई रोक्न मुख्यमन्त्री बनाइएको चर्चा भइरहेको बताइएको छ।