काठमाण्डौ / नेकपा एमालेको माधव नेपाल पक्षकी प्रभावशाली नेता अष्ठलक्ष्मी शाक्यलाई ओली समुहले वागमति प्रदेशको मुख्यमन्त्री बनाउन तयारी थालेको छ ।

केन्द्रिय सरकार गुमेपछि प्रदेश सरकार गुमाउन थालेको एमालेको ओली समुहले बागमती प्रदेश सरकार जोगाउन नेपाल समुहकी नेता शाक्यलाई मुख्यमन्त्री बनाउन तयारी थालेको हो ।

OM Sai Pathibhara Hospital

प्रदेश सरकार गठनका बेला मुख्यमन्त्रीका लागि बलियो दाबेदार मानिएकी शाक्यलाई नेपाल समुहको भएकै कारणले ओली समुहले मुख्यमन्त्री बन्न दिएको थिएन ।

पार्टी विभाजनका लागि माधव समुह अग्रसर बनेको समयमा शाक्यले आफूलाई पार्टी विभाजनको विपक्षमा उभ्याएपछि उनलाई मुख्यमन्त्री बनाएर प्रदेश सरकार जोगाउने दिशामा ओली समुह अघि बढेको हो ।  

शाक्यलाई मुख्यमन्त्री बनाउनकै लागि एमालेको ओली समुहले हेटौडामा एमाले संसदीय दलको बैठक बोलाएको छ । आज नै बस्ने संसदीय दलको बैठकबाट शाक्यलाई संसदीय दलको नेता बनाउँदै मुख्यमन्त्री बनाउने तयारी भएको एमाले स्रोतले जानकारी गराएको छ ।

शाक्यको नेतृत्वमा रहेका माधव पक्षीय सांसदलाई रोक्नकै लागि ओली समुहले उनलाई मुख्यमन्त्री बनाउने तयारी गरेको हो ।