बिर्तामोड / नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहले नयाँ दल दर्ता गर्ने भएको छ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेपाल समूहले नयाँ दल दर्ता गर्ने भएको हो । 

नेपाल समूहको नयाँ बानेश्वरस्थित अर्याल होलटमा बसेको बैठकले पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’  र चुनाव चिन्ह  ‘किताव’ राख्ने  निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

खतिवडाका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।

सबै प्रकृया पुर्याएर भोली सम्ममा निर्वाचन आयोगमा दल दर्ता गर्ने माधव समूहको तयारी रहेको छ ।