काठमाडौं / सरकारले नेकपा एमालेको माधव नेपाल समुहलाई दल विभाजनका लागि सहज बनाइदिन ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।
प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दल विभाजनलाई सहज बनाउन तयार पारेको अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाउने निर्णय गरेको थियो ।
सरकारले ल्याएको अध्यादेशका विषयमा प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको कांग्रेस सहित सत्तारुढ दल र एमालेको ओली समुहबाट तिव्र विरोध भईरहेका बेला राष्ट्रपतिले प्रमाणिकरण गरेर कानुनको मान्यता दिएकी हुन् ।
सरकारले ल्याएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसअघि केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा गत वैशाख ८ गते सरकारले दल विभाजनलाई सहज हुने गरि अध्यादेश ल्याएका थिए ।सो समयमा संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान राखिएको थियो । चौतर्फी विरोध भएपछि ओलीले तीन दिन पछि अध्यादेश फिर्ता लिएका थिए ।
सरकारले ल्याएको नयाँ अध्यादेशले एमालेको माधव नेपाल समुह , जसपाको ठाकुर – महतो समुह र राप्रपामा समेत विभाजन ल्याउने अनुमान गर्न थालिएको छ ।