एजेन्सी / एक जना कोरोना भाइरसका संक्रमित भेटिएपछि न्युजिल्यान्डमा देशव्यापी लकडाउन गरिएको छ। झन्डै ६ महिनापछि एक जना संक्रमित भेटिएपछि न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले मंगलबार देखि लागू हुने गरी तीन दिनका लागि लकडाउन घोषणा गरेकी छन्।

न्युजिल्यान्डमा गत फेब्रुअरीपछि मंगलबार पहिलो पटक ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। अकल्यान्डका ती पुरुषले कोरोना विरूद्धको खोप लगाएका थिएनन्। उनलाई डेल्टा भेरियन्टको कोरोना भाइरसको संक्रमण भएको बताइएको छ। संक्रमण पुष्टि हुनासाथ प्रधानमन्त्री अर्डेनले कडाखालको लकडाउन घोषणा गरेकी हुन्। 

OM Sai Pathibhara Hospital

अहिलेसम्म त्यहाँ पाँच जनामा संक्रमण फैलिएको पुष्टि भइसकेको छ। अकल्यान्डमा सात दिनसम्म लकडाउन जारी रहनेछ।

कोरोना महामारीको नियन्त्रणमा सफल मुलुक मानिएको न्युजिल्यान्डमा अहिलेसम्म २ हजार पाँच सय मानिसमात्र संक्रमित भएका छन् भने २६ जनाले ज्यान गुमाएका छन्।