काठमाडौं//कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने जसपाले अध्यादेश जारि भएकोमा असन्तुष्टि जनाएको छ। 

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गरेका हुन ।

OM Sai Pathibhara Hospital

ओली गए तापनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको उनले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै उनले जसले गरेपनि संसद अधिवेशन अन्त्य गरे लगत्तै अध्यादेश ल्याउनु भनेको लोकतन्त्रको उपहास रहेको बताएका छन्। 

सांसद पद जोगाउने गरी दलविभाजन गर्न अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या  रहेको बताउँदै गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस भनेका छन्।