काठमाडौं//जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह परित्यागको घोषणा गरेका छन् ।

आज पत्रकार सम्मेलन गरेर उनीहरुले समूह परित्यागको घोषणा गरेका हुन।

OM Sai Pathibhara Hospital

२०७२ सालको भुकम्प र कोरोना महामारीमा जनता  पीडीत  हुँदा समेत यो पार्टीले जनतालाई केही दिन नसकेको जसपाका केन्द्रिय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णु जंग बस्नेतले बताएका छन् ।

१८ महिना उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप लगाउँदै उनले आजदेखि बाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको बताएका छन्।

२०६५ साल देखि आफुले घरबेटीहरुको अन्याय विरुद्ध बोल्दै आएपनि राज्यले आफ्नो कुरा नसुनेको बस्नेतको गुनासो छ।

संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएपछि पनि अध्यक्ष यादवको रबैया बदलिएको र पार्टीको घोषित रुपमा लिएको नीतिलाई उल्लघंन गर्न थालेको भन्दै बस्नेतले असन्तुष्टि जनाएका छन् ।

यादवको नेतृत्वमा रहेको फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउदै  केही व्यक्तिको प्राइभेट लिमिटेडको रुपमा चलाएको उनीहरुको आरोप छ । 

यसैगरी केन्द्रिय सदस्य पदम अधिकारीले २०७२ को संविधानलाई प्रतिगामी भन्दै ६ महिना लामो आन्दोलन गरेर पुनर्लेखन गर्ने प्रतिवद्धता गरेको भए पनि बाबुराम भट्टराईसँग पार्टी एकता भएपछि उत्कृष्ट संविधान भन्न थालेको आरोप लगाएका छन् ।

केन्द्रिय सदस्य हिरालाल भुजेलले बाबुराम र उपन्द्रको एकलौटि रबैयाले केही नेताले १६ जनाको संसदीय दल भएकोमा १३ जनाले पार्टी विभाजन गर्न लागेको अवस्थामा रोक्न सफल भएको बताएका छन्।

२०७७ साल बैशाख १० गते राति १२ बजे तत्कालिन राजपा नेपालसँग पार्टी एकता गरि जसपा नेपाल गठन गति विभाजन रोकिएको जानकारी गराएका छन् ।

पार्टी बिभाजन, क्रान्ति, देश, जनताप्रति गद्धारी गर्नु भन्दा आजकै मितिमा जसपा उपेन्द्र यादव समुहबाट स्वतन्त्र भएको समेत उनले बताएका छन्।