एजेन्सी / अमेरिकामा मुख्य कार्यालय रहेको सामाजिक सञ्जाल फेसबुकले तालिवान र तालिबानका लडाकु समूहलाई समर्थन गर्ने सामग्रीमाथि प्रतिबन्ध लगाएको छ।

तालिबानलाई आफ्नो संस्थाले आतङ्कवादी संस्था मानेको भन्दै फेसबुकले तालिवान समर्थित सामग्रीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।  

OM Sai Pathibhara Hospital

फेसबुकले तालिबानसँग सम्बन्धित सामाग्रीको पहिचान गर्न र हटाउन अफगान विज्ञको छुट्टै समूह बनाएको पनि जानकारी गराएको छ ।

फेसबुक सहितका सामाजिक संजाल प्रयोग गरी तालिबानले वर्षौँदेखि आफ्नो सूचना तथा सन्देश संसारभर प्रवाह गर्ने गरेको थियो ।

अकाल्पनिक रुपमा अफगानिस्तान कब्जा गर्न सफल बनेको तालिबानको विषयलाई बहुराष्ट्रिय प्रविधि कम्पनीले कसरी लिने भनेर चासोका साथ हेरिएकै समयमा फेसबुकको यस्तो निर्णय आएको हो ।

अमेरिकी कानुनले तालिबानलाई आतङ्ककारी संस्था मानेकाले तालिबानका सामाग्री माथि प्रतिबन्ध लगाउने निर्णय भएको फेसबुकको मुख्यालयले जनाएको छ । तालिबानका लागि बनाइएका अकाउन्ट बन्द गर्ने र तालिबानको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने सामग्री हटाउने निर्णय भएको फेसबुकका अधिकारीले अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन् ।