बिर्तामोड(एजेन्सी) अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने जनाएका छन् ।

तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले सो कुरा बताएका हुन् ।

OM Sai Pathibhara Hospital

अफगान जनताले चिन्ता गर्नुपर्दैन, सहरमा कुनै हमला हुँदैन । संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन्छ,’ रेकर्ड गरिएको सन्देशमा उनले भनेका छन् ।

तालिबानले शक्ति प्रयोग गरेर राजधानी कब्जा नगर्ने बताएसँगै काबुलमा पछिल्लो समय आतङ्क केही कम भएको अलजजिराले जनाएको छ ।

सडकमा देखिएको ट्राफिक केही कम भएको छ । गृह मन्त्रालयले पनि लडाकुहरू सहरको प्रवेशद्वारमा रहेको तर मुख्य सहरमा प्रवेश नगरेको स्पष्ट पारेको छ ।

यसबीच अफगानिस्तानका राष्ट्रपति असरफ गनी देश छाडेर भागेको भन्ने खबर गलत भएको राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ ।