काठमाडौं  / मेगा बैंक नेपाल लिमिटेडले आइतबार एकैसाथ ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । 

बैंकले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर –१० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर –११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर –४ चन्द्रपुरका, चितवनको रत्ननगर नगरपालिका वडा नम्बर –६ सौराहामा र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर –६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो ।

OM Sai Pathibhara Hospital

यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।