बिर्तामोड / शेयर बजार प्रभावित गरे कम्पनीमाथि कारवाही गर्ने विद्युत नियमन आयोगले चेतावनी दिएको छ । 

पछिल्लो समय जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का लगानीकर्तामा परेको भन्दै आयोगले शेयर बजार प्रभावित पार्ने काम भएको भेटिए कम्पनीमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।

OM Sai Pathibhara Hospital

वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ ।

पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ ।

उर्जा मन्त्री पम्फा भुसालले विद्युत नियमन आयोगलाई बोलाएर सर्वसाधारण लगानीकर्ता मर्काका पर्न नहुने भन्दै त्यसबारे आफ्नो जिम्मेवारी निर्वाह गर्न आयोगसँग आग्रह गरेकी छिन् । 

सर्वसाधारण लगानीकर्ता मारमा परे विद्युत् नियमन आयोग ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए ।

धितालले बजारको वास्तविकता बुझेर मात्र शेयर खरिद तथा बिक्री गर्न सर्वसाधारण लगानीकर्तालाई आग्रह गरेका छन् ।