बिर्तामोड / सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडफाँड भएको छ । शनिबार भएको शेयर निष्कासनमा २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन परेको थियो । 

त्यसमध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार ४ सय ३४ र अन्य कारणबाट आवेदन रद्द भएका १ लाख ०६ हजार २ सय ९२ बाहेक बाँकी रहेका योग्य आवेदनहरू २३ लाख ८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड भएको छ । 

OM Sai Pathibhara Hospital

प्रभु क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री प्रबन्धक भई श्रावण २० गते सार्वजनिक निष्कासन खुला गरिएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्कासन गरिएको कूल शेयर ६० लाख कित्ता मध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता छुट्याईएको थियो 

बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएकोमा निष्कासनको करिब ४.४८ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न भएको छ ।