बिर्तामोड / नेपाल राष्ट्र बैंकले कोरोनाका कारण सङ्कटमा परेको उद्योग व्यवसायको क्षेत्रलाई प्राथमिकतामा राखेर प्रवर्द्धन गर्ने लक्ष्यका साथ चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी गराएका छन् ।कोरोनाका कारण सङ्कटमा परेको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई मौद्रिक नीतिमा प्राथमिकतामा राखिएको छ ।
सार्वजनिक यातायातको क्षेत्रलाई सम्बोधन गर्दै मौद्रिक नीति मार्फत मर्मतसम्भारका लागि थप दुई लाखसम्मको ऋण दिने व्यवस्था मिलाइएको छ।
मौद्रिक नीति मार्फत वैदेशिक रोजगारमा रहेकाले पठाएको पैसा रेमिटेन्समा नराखी बैंकमा राख्दा थप एक प्रतिशत व्याज दिने व्यवस्था मिलाइएको छ ।






































