ओखलढुंगा / प्रदेश एकको एक गाउँपालिकाका अध्यक्ष कान्छी श्रीमती लिएर टाप कसेका छन् ।ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीमाथि कान्छी श्रीमती लिएर हिँडेको आरोप लागेको हो ।

गाउँपालिका मातहत रहेको न्यायिक समितिकै संरक्षक मानिएका गाउँपालिकाका अध्यक्षमाथि कान्छी श्रीमती लिएर हिँडेको आरोप लागेको हो । केसीकै श्रीमती सत्यकला गुरुङले आफ्ना श्रीमान अर्की महिला  लिएर हिनेको आरोप लगाएकी हुन् ।

OM Sai Pathibhara Hospital

गुरुङले आफूलाई केसीले धम्काएर सम्बन्ध विच्छेदका लागि दवाव दिएको समेत दावी गरेकी छन् । उनले आफ्ना श्रीमान केसी एक महिला अधिकारकर्मीसँग  ‘लिभिङ टुगेदर’ को सम्बन्धमा रहेको दावी पनि गरेकी छन् ।

केसीसँग सम्बन्धमा रहेकी भनिएकी महिलाले आफूले सम्बन्ध विच्छेद नगरे मारिदिने धम्की दिएको समेत गुरुङले आरोप लगाएकी छन्  । आफूलाई उनीहरु बिचको सम्बन्ध थाहा हुँदा पनि लुकाइदिएको दावी गर्दै उनले भनिन– सम्बन्ध विच्छेदका लागि दवाव र मार्ने धम्की दिन थालेपछि मैले बाध्य भएर यो विषय सार्वजनिक गरेको हुँ ।

आफ्ना श्रीमान केसीको ज्यादतीले सिमा नाघेको भन्दै उनले कानुनी कारवाहीका लागि प्रहरी कार्यालयमा उजुरी समेत दिएकी छन् । आफूले न्याय माग्दै प्रहरी कार्यालयमा  दिएको उजुरी प्रहरीले दर्ता गर्न नमानेको समेत उनले जानकारी गराएकी छन् ।

सत्यकला पालिका अध्यक्ष केसीकी तेस्रो श्रीमती हुन् । सत्यकला तर्फ केसीकी एक छोरी रहेकी छन् ।