बिर्तामोड / नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । शुक्रबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बैंकको मौद्रिक नीति आज अपरान्ह ४ बजे सार्वजनिक गर्ने निर्णय गरेको हो । 

बजेट आइसकेपछि साउनको पहिलो साता नै सार्वजनिक हुनुपर्ने चालु आर्थिक वर्षको मौद्रिक नीति सरकार परिवर्तनका कारण एक महिना ढीलो सार्वजनिक हुन लागेको हो ।

OM Sai Pathibhara Hospital

पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गरिने अर्थमन्त्री जनार्दन शर्माले संसद्लाई बताएका छन् ।