बिर्तामोड / लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहीबार केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । 

OM Sai Pathibhara Hospital

नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका थिए ।  प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै आजै शपथ ग्रहण गराउने तयारी भएको छ ।