पोखरा / बलात्कारको आरोपमा पक्राउ परेका छुटाउन एक करोड रुपैयाँ डिल गर्दागर्दै माओवादीका एक नेतालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनलाइ प्रहरीले पोखरा महानगरपालिका –१८ सराङ्कोटबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोपाल किराती नेतृत्वको माओवादी केन्द्र समाजवादीका स्थायी कमिटी सदस्य तथा तमुवान,गण्डक प्रदेश इन्चार्ज भोजराज त्रिपाठी रहेका छन् ।
पक्राउ परेकाले फागुन १९ गते जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ, १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ वर्ष जेल जान्छ’ भन्दै १२ लाख रुपैयाँको चेक र नगद रुपैयाँ १ लाख १० हजार लिई ठगी गरेको प्रहरीले जनाएकाे छ ।
त्रिपाठीलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।