बुटबल / माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रदेश सभाको स्पष्ट बहुमत प्राप्त गरेपछि केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।
केसीलाई मुख्यमन्त्रीमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको थियो ।
गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।





































