विराटनगर//विराटनगरमा मोटरसाईकलले कारलाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका - ८ बस्ने मोटरसाईकल चालक ३० वर्षिया अनिष दाहाल र पछाडी सवार सोहि स्थानका ३० वर्षिया सुमन बजगाँई घाइते भएका हुन्। 

OM Sai Pathibhara Hospital

सवारी चालक दाहालको टाउकोमा चोट लागेको छ भने बजगाँईको अवस्था सामान्य रहेको छ ।

बरगाछी चौक स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २६ प ७४६२ नम्बरको मोटरसाईकलले सोहि तर्फबाट आउदै गरेको बा १४ च ७२५९ नम्बरको कारलाइ पछाडीबाट ठक्कर दिएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जानकारी गराएको छ।

तिब्र गतिका कारण दुर्घटना भएको उनले बताएका छन्।

कार चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।