बिर्तामोड / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिनु अघि विभिन्न निर्णयहरू गरेका छन् । 

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुअघि प्रदेश खेलकुद परिषदको सदस्य मनोनयन गर्नेदेखि प्रादेशिक अस्पतालका मेसु परिवर्तन गर्नेसम्मका निर्णय गरेका छन् ।

OM Sai Pathibhara Hospital

पोखरेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग दर्ताका लागि पूर्ण छुट दिने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्नुका साथै उद्योग मन्त्रालयको सेवा तथा दस्तुरको शुल्कमा दररेट पनि स्वीकृत प्रदान गरेको सरकारका मन्त्री चौधरीले बताए ।

यस्तै आसुलेन अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन तथा जोखिम भत्ता प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई पदबाट हटाएको छ भने खनाललाई रेडियोलोजी डिपार्टमेन्टमा सरुवा गर्दै डा. इन्द्र ढकाललाई प्रादेशिक अस्पतालको मेसुमा नियुक्त गर्ने निर्णय गरेको छ ।