काठमाडौँ / नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु
भट्टराईले राजीनामा दिएका छन् ।
भट्टराईले बुधबार राजीनामा पत्र सार्वजनिक गर्दै आफुले महाप्रबन्धक
पदमा रहँदा ईमान्दारीपुर्वक निरन्तर कम्पनीको काममा लागेर मृत प्राय: अवस्थामा
रहेको रेल्वे कम्पनीलाई पुनर्जिवन दिएको उल्लेख गरेका छन् ।
'जनताविरुद्ध विभिन्न अवाञ्चित स्वार्थहरूको
गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरूको सहयात्री र मुकदर्शक हुन
मेरो नैतिक मूल्य मान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै
मितिदेखि लागू हुनेगरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा
दिएको छु,' राजीनामा पत्रमा भट्टराईले भनेका छन् ।