बुटवल / आफू नेतृत्वको सरकार समस्यामा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिएका छन् । बुधबार आज प्रदेशसभामा आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल सुरु हुन अगावै उनले राजिनामा दिएका हुन् ।

पोखरेल विरुद्ध यसअघि दर्ता भएका अविश्वासका प्रस्ताव शक्तिको दुरुपयोग गरी विफल बनाउन सफल भएका उनले यो पटक पदच्युत गर्ने अवस्था आएपछि राजिनामा दिएका हुन् ।

OM Sai Pathibhara Hospital

एमालेको ओली समूहका प्रभावशाली नेता उनले सांसद विमला ओलीलाई अपहरण गरी आफ्नो सरकार जोगाउन गरेको प्रयास असफल भएपछि राजिनामा दिएका हुन् ।

यसअघिको अविश्वास प्रस्ताव असफल बनाउन उनले प्रदेश प्रमुखको सहयोग लिएर आफ्नो सरकार जोगाएका थिए । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका छन् ।

पोख्रेललाई बर्खास्त गर्न बनेको विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ९सोनाम० लाई मुख्यमन्त्री बनाउने यसअघि नै निर्णय गरिसकेको छ । गठबन्धनका दलबीच ८ महिना माओवादीको नेतृत्वमा र बाँकी ८ महिना कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।