बिर्तामोड / नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाला सुन प्रतितोला ८८ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।

OM Sai Pathibhara Hospital

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला चार सय रुपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८८ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ८८ हजार सात सय ५० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी बुधवार एक हजार एक सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

मङ्गलवारको तुलनामा बुधवार चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।