काठमाडौं / सर्वोच्च अदालतको आदेशपछि सामाजिक सुरक्षा कोषमा आवद्ध रहेका संस्थाले आबद्धता फिर्ताका लागि पहल थालेका छन् ।

सामाजिक सुरक्षा कोषमा स्वेच्छिक आबद्धता  हुनुपर्ने माग सहित दायर भएको रिटमा सर्वोच्चको आदेश आएसँगै बैंक तथा वित्तिय संस्थामाथि फिर्ता हुनका लागि कर्मचारीले दवाव दिन थालेका छन् ।

OM Sai Pathibhara Hospital

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गत असार दोस्रो साता कोषमा विद्यामान ऐन र कार्यविधि प्रति असन्तुष्टि जनाउँदै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले गत साउन १९ गते कोषलाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आवद्धतालाई स्वेच्छिक गर्न गरी अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशसँगै कोषमा आवद्ध भएका बैंक ता वित्तीय संस्थाका कर्मचारीले कोषबाट फिर्ताको लागि पहल थालेको वित्तीय संस्था कर्मचारी संघका उपमहासचिव विकास श्रेष्ठले जानकारी गराएका छन् ।

बैंक तथा वित्तिय संस्थाका कर्मचारीले व्यवस्थापनले जबरजस्ती आवद्ध गराएको भन्दै फिर्ताका लागि दवाव थालेको उनले बताएका छन् ।

उनले वित्तीय संस्था सङ्घमा हालसम्म लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एसबीआई बैंक, सूर्य लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सोल्टी होटल , केही विकास बैंक  र वित्त कम्पनीका कर्मचारीले कोषबाट फिर्ताका पहल गर्न आग्रह गर्न आएको जानकारी गराएका छन् ।